ताप्लेजुङ । ताप्लेजुङ सदरमुकाम फुङ्लिङ बजारमा मादक पदार्थजन्य वस्तु ओसारप्रसारमा सरकारी गाडी प्रयोग हुने गरेको पाइएको छ ।
शनिबार र बिदाका दिन पनि निर्बाध सरकारी गाडी चल्ने ताप्लेजुङमा पछिल्लो समय मादक पदार्थजन्य वस्तु ओसारप्रसारमा समेत सरकारी गाडी प्रयोग हुने गरेको पाइएको हो ।
हुन त ताप्लेजुङमा तरकारी किन्न, साथी अथा आफन्तकोमा जान र मलामी जान पनि सरकारी गाडी प्रयोग हुने गरेको थियो ।
पछिल्लो समय फुङ्लिङ बजारको वीरेन्द्र चौकमा एउठा सेतो नम्बर प्लेडको गाडीमा धमाधम रुस्लान भोड्का, कोकाकोला, स्प्राइट लगायत किराना दोकानका सामानहरु लोड भैरहेको भेटिएको छ ।
मे १ झ १७० नम्बरको गाडीमा मादक पदार्थजन्य सामग्री लोड गर्दै गरेको पाइएको हो । यो गाडी पाथीभरा याङवरक गाउँपालिकाको हो ।
जिल्ला ट्राफिक कार्यालय ताप्लेजुङले गाडी पाथीभरा याङ्वरक गाउँपालिकाको नै भएको पुष्टि गरेको छ ।
जिल्ला ट्राफिक कार्यालय ताप्लेजुङ प्रमुख गोपाल भुजेलका अनुसार उक्त सूचना प्राप्त भएलगत्तै ट्राफिक टोली त्यहाँ पुगेको, ट्राफिकको टोली पुग्दा त्यहाँबाट गाडी हिँडिसकेको थियो ।
यता, पालिका अध्यक्ष केशरकुमार मेनेङ्बोले भने यस विषयमा आफूलाई केही थाहा नभएको प्रतिक्रिया दिए ।
पछिल्लो समय सरकारी गाडीको दुरुपयोग बढ्दै गएको छ । यसलाई नियन्त्रण गर्न जिल्ला प्रशासनको समेत ध्यान जानुपर्ने जिल्लावासीको भनाई छ ।
Discussion about this post