विराटनगर । इन्टरनेट सेवा प्रदायक वर्ल्डलिङ्क कम्युनिकेशनले विराटनगरस्थित पूर्वाञ्चल अनाथ आश्रमलाई १ लाख रुपैयाँ सहयोग गरेको छ ।
विराटनगर महानगरका मेयर नागेश कोइराला र वर्ल्डलिङ्कका क्षेत्रीय प्रबन्धक शंकर शिवाकोटीले सामेबार आश्रमकी संस्थापक सिता पोख्रेललाई सहयोग हस्तान्तरण गरे ।
कोशी प्रदेशका करिब १ लाख भन्दा धेरै ग्राहकहरुले वर्ल्डलिङ्क प्रयोग गरेको अवसरमा आश्रमलाई सामाजिक उत्तरदायित्व अन्तर्गत १ लाख सहयोग गरेको कम्पनीले जनाएको छ ।
संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत आश्रममा बस्दै आएका बालबालिकाको शिक्षा र जेष्ठ नागरिकको स्वास्थका लागि आर्थिक सहयोग गरेको शिवाकोटीले जानकारी दिए ।
२०४४ सालमा स्थापना भएको आश्रममा ७५ जना आश्रित छन् ।
Discussion about this post