विराटनगर । जिल्ला कारागार संखुवासभा दुईजना कैदीको मृत्यु भएको छ । मादी नगरपालिका ५ का १९ वर्षीय विनोद तोलाङ्गी र नुवाकोट ककनी गाउँपालिका ७ का २८ वर्षीय आकाश वलामीको बुधबार बिहान मृत्यु भएको हो ।
मंगलबार राति १ बजे उनीहरुले कारागारको शौचालयबाट भाग्ने प्रयास गरेको र त्यस क्रममा पक्राउ गरेर कारागार प्रशासनलाई बुझाएको प्रहरीले जनाएको छ ।
बिहान उनीहरु दुवै अचेत अवस्थामा फेला परेका थिए । उपचारका लागि अस्पताल लगिएका उनीहरुको उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
बलात्कार मुद्दामा कैद सजाय भुक्तान गरीरहेका तोलाङ्गी र चोरी मुद्दामा कैद सजाय भुक्तान गरिरहेका बलामी कारागारबाट भाग्ने प्रयास गरेको जनाइएको छ ।
घटनाको अनुसन्धानका लागि छानबिनका समिति गठन गरिने प्रमुख जिल्ला अधिकारी शिबकुमार कार्कीले जानकारी दिए ।
Discussion about this post