विराटनगर । सिरहाको मिर्चैयास्थित एक होटलमा विराटनगरका व्यवसायी मृत फेला परेका छन् । मिर्चैया ५ कटारी चोकमा अवस्थित शम्भु होटेलमा विराटनगरको पाथीभरा कापी उद्योगका सञ्चालक २५ वर्षीय सिद्धान्त भट्टराई मृत फेला परेको प्रहरीले जनाएको छ ।
उनी गाडी चालक सागर राईसँगै मार्केटिङका लागि मिर्चैया पुगेका थिए । होटलमा बास बसेका उनी माथिल्लो तल्लाबाट तल खसेको अवस्थामा बिहान मृत भेटिएको प्रहरीले जनाएको छ ।
घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Discussion about this post