काठमाडौं । कांग्रेस नेता एवं सांसद डा. शेखर कोइरालाले नेपाल अन्तर्राष्ट्रिय तस्करको अखडा बनिसकेको दाबी गरेका छन् । उनले सुन तस्करीको छानबिनका लागि उच्चस्तरीय छानबिन समिति नै गठन गर्नुपर्ने बताए ।
कांग्रेस संसदीय दलको आइतबार बसेको बैठकमा उनले यस्तो बताएका हुन् ।
कोइरालाले १४०० टन सुन खपत हुने भारतमा ९०० टन मात्र आयात हुने गरेको तथ्यांक प्रस्तुत गर्दै ‘४०० देखि ५०० टन सुन नेपालबाट जाँदैछ भन्ने बुझ्न जरुरी रहेको उल्लेख गरे ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सचिवालयमा काम गरेका व्यक्ति राजश्व अनुसन्धान विभागमा गएपछि सुन समातिएको भन्दै उनले त्यसपछिका घटनाहरुले के भइरहेको छ भन्ने बुझ्नुपर्ने बताए ।
कोइरालाले सुन तस्करीमा उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने बताए ।
यसैगरी नेता कोइरालाले ल्यारक्याल लामाहरुको नियुक्तिले पार्टीको छवि कमजोर भइरहेको छ भन्ने मन्त्रीहरुले बुझ्नुपर्ने बताए ।
Discussion about this post