झापा । पूर्वपश्चिम राजमार्ग अन्तरगत झापाको शिवसताक्षी–८ डुडामारी दुईवटा बस आपसमा ठक्कर खाँदा १२ जना घाइते भएका छन् ।
पूर्बबाट पश्चिमतर्फ जाँदै गरेको प्र १–०१–००१ ख ३४२२ नं को बसले बस स्टेन्डमा रोकी यात्रु झारिरहेको अवस्थामा सोही दिशातर्फ जाँदै गरेको प्र१–०२–००१ख ९२६२ नं को बसले पछाडिबाट ठक्कर दिँदा दुर्घटना भएको हो । दुर्घटनामा परी बसमा सबार यात्रु घाइते भएका हुन् ।
घाइते हुनेहरुमा गौरादह–१ बस्ने बर्ष–४० की सीता राजबंशी, ,ईलाम फिक्कल–११ निवासी ३६ वर्षीया फुर्वा मोक्तान, गौरादह–३ बस्ने बर्ष ३५ की सुनिता कँडेल, मोरङ सुन्दरहरैचा–३ बस्ने बर्ष ६२ की रीता कार्की, शिवसताक्षी १ बस्ने बर्ष ८३ का लक्ष्मीप्रसाद अधिकारी, कनकाई–३ बस्ने बर्ष २१ की अञ्जली कार्की, कन्काई–४ बस्ने बर्ष २१ की अबिसा कार्की छन् ।
त्यस्तै शिवसताक्षी–७ बस्ने बर्ष २० की सेनुम खजुम, शिवसताक्षी–८ बस्ने बर्ष २७ की रन्जना थेगिम, गौरादह–१ बस्ने बर्ष ३५ की प्रियंका चौधरी, कन्काई–५ बस्ने बर्ष ४० की सरिता थोलुङ, कन्काई–३ बस्ने बर्ष १७ की नुमा लिम्वू घाइते भएका हुन् ।
प्र १–०१–००१ख ३४२२ नं को बस चालक मेचीनगर –७ काँकडभिट्टा बस्ने बर्ष–२८ का सरोज उराउ सामान्य घाइते भएका छन् भने प्र १–०२–००१ ख ९२६२ नं को बस चालक मोरङ उर्लावारी–६ बस्ने बर्ष–३० का रामेश्वर धामी पनि सामान्य घाइते छन् । दुवैलाई इलाका प्रहरी कार्यालय झिलझिलेले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका डीएसपी खगेन्द्र रिजालले जानकारी दिए ।
Discussion about this post