झापा । दक्षिणी झापाको कचनकवल गाउँपालिका भोलि (सोमबार) स्थानीय बिदा दिने निर्णय गरेको छ । गाउँपालिकाले आइतबार सूचना जारी गर्दै सोमबार बिदा दिने निर्णय भएको जानकारी गराएको हो ।
कचनकवल–१ स्थित भुतेश्वर महादेव शिवालय मन्दिरमा प्रत्येक साउनको अन्तिम सोमबार स्थानीय मेला लाग्ने गरेकोले गाउँपालिका कार्यालयसहित सबै शैक्षिक संस्था, स्वास्थ्य संस्था लगायतका सम्पूर्ण सरकारी कार्यालयहरू बन्द रहने सूचनामा उल्लेख गरिएको छ ।
Discussion about this post