विराटनगर । झापाको कमल गाउँपालिका ५ मा भारतीय कारसँग मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु भएको छ ।
प्रहरीका अनुसार मंगलबार राति पूर्वतर्फ जाँदै गरेको मे७प ४६४४ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आइरहेको बीआर ११ एटी ४१४१ नम्बरको भारतीय कार आपसका ठक्कर खाएका थिए ।
दुर्घटनामा सिकिस्त घाइते भएका मोटरसाइकल चालक स्थानीय ६७ वर्षीय डोरप्रसाद खनालको उपचारका लागि लैजाने क्रममा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
कार चालक विराटनगर ८ का ३१ वर्षीय रुस्तम उप्रेतीलाई इलाका प्रहरी कार्यालय दमकले नियन्त्रणमा लिएर घटनाको अनुसन्धान भइरहेको जनाइएको छ ।
Discussion about this post