काठमाडौ । अनुमतिबिना सामाजिक सञ्जालमार्फत विदेश पठाइदिने विज्ञापन गर्दै राहदानी सङ्कलन गर्ने दुई म्यानपावरलाई वैदेशिक रोजगार विभागले कारबाही गरेको छ । स्वीकृति बिना नै विज्ञापन गर्ने क्यापिटल रिक्रुटमेन्ट सर्भिस प्रालि र इगल म्यानपावर कन्सलट्यान्ट प्रालिलाई विभागले दुई/दुई लाख रुपैयाँ जरिबाना गराएको हो ।
दुई म्यानपावरले विभिन्न सामाजिक सञ्जालमार्फत वैदेशिक रोजगारीमा कामको अवसर भएको विज्ञापन गरेर राहदानीसमेत सङ्कलन गरेका थिए । यसरी वैदेशिक रोजगारीको विज्ञापन गर्न विभागसँग भने स्वीकृति लिएका थिएनन् ।
यस्तै वैदेशिक रोजगारीसँग सम्बन्धित विज्ञापन सामाजिक सञ्जाल फेसबुक, टिकटक लगायतमार्फत प्रकाशन गरी नागरिकमा भ्रम सृजना गर्ने सुयान एजुकेशन प्रालि ललितपुर र एलाइट टु वर्क ह्युमन रिसोर्सेस हस्पिटालिटी एण्ड ट्रेनिङ सेन्टर ललितपुरको पनि विभागले स्थलगत अनुगमन गरेर थप अनुसन्धान गरिरहेको जनाएको छ ।
Discussion about this post