विराटनगर । मोरङको पथरीशनिश्चरेमा खोलाले बगाउँदा सोमबार दिउँसो वृद्धा महिलाको मृत्यु भएको छ ।
पथरीशनिश्चरे नगरपालिका–६ की ७० वर्षीया भीरमाया श्रेष्ठको तीर्थ खोलाले बगाएर मृत्यु भएको हो । मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले तर्ने क्रममा सोमबार दिउँसो १२ः१५ बजेतिर वृद्धालाई खोलाले बगाएको जानकारी दिए ।
खोलाले बगाउँदा वृद्धा बेपत्ता भएकी थिइन् । दुई सय मिटर तल रुखको जरामा अल्झिरहेको अवस्थामा शव भेटिएको हो । आमाको शव देखेपछि छोराले प्रहरीलाई खबर गरेका थिए ।
डीएसपी दाहालका अनुसार शवलाई पोस्टमार्टमका लागि उर्लाबारीको मंगलबारेस्थित मदन भण्डारी अस्पताल एवं ट्रमा सेन्टरमा लगिएको छ । घटनाको अनुसन्धान सुरु गरिएको उनले बताए ।
Discussion about this post