प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचारको छानबिनका क्रममा आफूसहित माओवादी नेताहरु दोषी देखिए पनि नछाड्न सीआइबीलाई भनेको दाबी गरेका छन्।
सुर्खेतमा बिहीबार आयोजित समाजवादी मोर्चाको सभामा प्रधानमन्त्री दाहालले भ्रष्टाचार र अनियमितताको छानबिन गर्दा आफूसहितका माओवादीका नेताहरु दोषी देखिए पनि नछाड्न नेपाल प्रहरीको केन्द्रीय अनुसनधान ब्युरो (सीआइबी) लाई भनेको बताएका हुन्।
उनले सभामा भने- माओवादी नेताहरुमाथि छानबिन नगर्न सीआइबीलाई दबाब दिएको छैन, दोषी देखिए प्रचण्ड र आफ्ना नेतालाई पनि नछाड्न भनेको छु।’
Discussion about this post