इटहरी । इटहरीकी एकजना महिलाको धरानमा हत्या भएको छ । इटहरी उपमहानगरपालिका २ की ४४ वर्षीया यसोदा श्रेष्ठको धरानमा हत्या भएको हो ।
हत्या गरिएको अवस्थामा उनको शव भेटिएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।
हत्यामा संलग्न रामेछाप घर भई सुनसरीको धरान १७ बस्दै आएका टेकबहादुर दर्जीलाई पक्राउ गरेको सुनसरीका प्रहरी प्रमुख एसपी प्रभुप्रसाद ढकालले जानकारी दिए ।
दर्जीले यसोदाको हत्या गरी शव जंगलमा फाल्न लैजाँदै गर्दा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
यसोदा बुधबार माइत जान्छु भनेर घरबाट हिँडेकी थिइन् । यसोदा र दर्जीबीच लेनदेनको कारोबार रहेको र त्यसैमा विवाद हुँदा हत्या गरिएको आशंका छ ।
हत्यामा सम्लग्न दर्जीलाइ पक्राउ गरी घटनाको अनुसन्धान सुरु गरिएको एसपी ढकालले जानकारी दिए ।
Discussion about this post