विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाविरुद्ध परेको रिटमा पूर्ण इजलासबाट फैसला हुने भएको छ ।
असंवैधानिक रूपमा विश्वासको मत लिएको भन्दै सर्वोच्च अदालतमा दायर भएको रिट निवेदनमा आज सुनुवाइ हुने भनिएकोमा पूर्ण इजालसमा लाने निर्णय भएको एमाले कोशी प्रदेश सम्सदिय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले बताए ।
गत आइतबार न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र सुष्मालता माथेमाको इजलासमा परे पनि ‘हेर्न नमिल्ने’ भएसँगै आज सुनुवाइ हुने भनिएको थियो ।
सुनुवाई सपना प्रधान र सुश्मलता माथेमाको इजालसमा परेको थियो । सुनुवाइ हुने भनिएपनि पूर्ण इजालसमा लैजाने सहमति भएको हो ।
मुख्यमन्त्री थापाले संविधान विपरीत विश्वासको मत लिएको भन्दै पूर्व मुख्यमन्त्री हिक्मतबहादुर कार्कीले सर्वोच्चमा रिट दर्ता गराएका थिए ।
विश्वासको मत लिँदा प्रदेशसभाको अध्यक्षता गरेका ज्येष्ठ सदस्यले समेत मत दिएको भन्दै सभाध्यक्ष गर्नेलाई मतदानको अधिकार नरहेको दाबी रिट निवेदनमा गरिएको हो ।
उक्त रिटको प्रारम्भिक सुनुवाइ गर्दै भदौ ७ गते न्यायाधीश ईश्वरप्रसाद खतिवडाले कारण देखाउ आदेश जारी गरेका थिए ।
Discussion about this post