किरण रिजाल ‘अन्जान’
मैले सिख्नु छ अब चतुर्याइँको कला
दुनियाँलाई सधैँ बनाउनु छ थला ।
एउटै खाल्डामा परुन् सब सन्तसाधु
अनि चोर लुटेरा डाँका र मेरो होस् भला ।
झुपडीमा थन्किउन् मेरा दुश्मनहरु
मेरै मात्र बनोस् ठूला ठूला घर बंगला ।
तिता तिता कुरा जहिले मुखमा आउन्
कसैले राम्रो आँट्दा अवरोध बनुन् गला ।
ए किरण, सबैले धर्म संस्कृति जलाए
अब त चाइँ आफ्नै देशको झन्डा जला !
Discussion about this post