इलाम । भदौ हरितालिका तिजको अवसरमा इलाम सदरमुकाममा उद्यमी तिज मेला लागेको छ । इलाम उद्योग वाणिज्य संघ इलामको उद्यमी विकास इकाइको आयोजनामा बिहिबार देखि मेला लगाएको थियो ।
स्थानीय स्तरमा उत्पादित कृषि उत्पादन, जातीय खाना, दुधजन्य परिकार तथा महिलाहरुका सृंगारका सामाग्रीको बिक्री वितरण गरिएको थियो ।
इलाम चोक बजारमा स्टल निर्माण गरेर महिला उद्यमीहरुलाई प्रोत्साहन गर्ने उदेश्यले मेला लगाइएको महिला विकास इकाई इलामकी अध्यक्ष दिभ्य भट्टराईले जानकारी दिइन् । कोरोनापछि निस्कृय रहेको ब्यवसाय लचायमान बनाउन मेलाले महत्वपूर्ण भूमिका निर्वाह गरेको छ ।
खच्किएको ब्यापार ब्यवसाय बढाउन यसले मद्धत गरेको स्टलमा ब्यवसाय सञ्चालन गरेकी लीला भट्टराईले बताइन् । उनले सबैभन्दा बढी मकैको चालम बिकेको बताइन् । अन्य सामाग्री भन्दा पनि मकैको चामल उपभोक्ताले खरिद गरेको उनको भनाई छ । मेलामा १२ वटा स्टल निर्माण गरेर स्थानीय उत्पादनको बजारीकरणमा जोड दिइएको थियो ।
हरितालिका तिज अगाडि नै यो मेला गर्नाले महिलाहरुको ब्यवसाय चलायमान हुने विश्वास लिइएको छ ।
भदौ २१ र २२ गते मेला लगाइने भनिए पनि एक दिन थप समेत गरेर शनिबार समेत मेला सञ्चालन गरिएको थियो । ब्यवसायीहरुले स्थानीय स्तरमा उत्पादित किबी परिकार, दुधजन्य परिकार, चिया लगायतका सामाग्री विक्रीमा राखेका थिए । साथै आउने उपभोक्तालाइ स्वाद समेत चखाएका थिए ।
हाम्रो आह्वान, उद्यमी ब्यवसायीहरुलाई प्रोत्साहन भन्ने नारा सहित मेला सञ्चालन गरिएको थियो । इलाम बजारमा पाइने नै वस्तुहरु स्टलमा मार्फत बेच्दा स्थानीय उपभोक्ताले समेत सस्तो र ताजा सामाग्री पाएको बताएका छन् । यो मेलाले ब्यवसायीहरुलाई थप उत्साहित बनाएको इलाम उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण पौडेलले बताए । उनले यो मेलाले यस्तै अन्य कार्यक्रम गर्न प्रेरणा जगाएको समेत बताएका छन् । कोरोना पछि ब्यवसायीहरुलाई ब्यवसाय सञ्चालन गर्न निकै समस्या भएको भन्दै थप कार्यक्रम उद्योग वाणिज्य संघले गर्ने तयारी गरेको उनको भनाई छ ।
स्थानीय उत्पादनसँगै स्टल मार्फत महिलाहरुका सृंगारका सामाग्री समेत राखिएको थियो । साडी, कुर्ता सरुवाल लगायतका सामाग्री समेत खरिद बिक्री भएको थियो ।
Discussion about this post