काठमाडौं । परराष्ट्रमन्त्री नारायणप्रकाश (एनपी) साउदले प्रधानमन्त्रीको आसन्न अमेरिका र चीन भ्रमण सफल बनाउन सबै राजनीतिक तह तप्कामा सहमति भएको जनाएका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहालले आइतबार आसन्न विदेश भ्रमणबारे सुझाव लिन बोलाएको छलफलपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै परराष्ट्रमन्त्री साउदले भने, ‘प्रधानमन्त्रीको आसन्न भ्रमणलाई सफल बनाउन सबै राजनीतिक तह तप्कामा सहमति भएको सन्देश दिनुभएको छ ।’
उनले अमेरिका र चीन भ्रमणका सम्बन्धमा पनि भ्रमणका बेला गर्नुपर्ने तयारी, राख्नुपर्ने प्रस्ताव, अपनाउनुपर्ने सावधानी र गर्नुपर्ने कामका बारेमा सुझाव र सल्लाह प्रधानमन्त्रीले लिएको जानकारी दिए ।
‘आज सम्माननीय प्रधानमन्त्रीज्यूको भ्रमणबारे पूर्वप्रधानमन्त्री, राजनीतिक दलका प्रतिनिधि, पूर्वपरराष्ट्रमन्त्रीज्यूहरुलाई बेलाएर आसन्न चीन भ्रमणको बारेमा छलफल भएको छ । युनाइटेड नेसन्स र चीन भ्रमणका सम्बन्धमा पनि भ्रमणका बेला गर्नुपर्ने तयारी, राख्नुपर्ने प्रस्ताव, अपनाउनु पर्ने सावधानी र गर्नुपर्ने कामका बारेमा सुझाव र सल्लाह दिनुभएको छ,’ उनले भने, ‘सम्बोधनमा प्रधानमन्त्रीज्यूले आमन्त्रित सबैलाई धन्यवाद दिँदै उहाँहरुले दिनुभएको सल्लाह र सुझावलाई महत्वपूर्ण रुपमा लिएको र आसन्न भ्रमणलाई सफल बनाउन सबै राजनीतिक तह तप्कामा सहमति भएको सन्देश दिनुभएको छ ।’
Discussion about this post