इटहरी । नेपाली कांग्रेस इटहरी उपमहानगर समितिले विश्वेश्वरप्रसाद कोइरालाको ११०औं जन्मजयन्ती मनाएको छ । कांग्रेस संस्थापक नेता कोइरालाको जन्मोत्सवमा ११० वटा दीप प्रज्वलन गरेको हो ।
प्रथम जननिर्वाचित प्रधानमन्त्री तथा प्रजातान्त्रिक समाजवादका प्रणेता कोइरालाको सम्झनामा देशैभर विभिन्न कार्यक्रम भइरहेका छन् । सोही क्रममा इटहरी कांग्रेसले बिपीलाई सम्झिएको हो ।
नेपाली राजनीति र साहित्य क्षेत्रमा बिपीको योगदान अतुलनीय रहेको बताउदै नगर सचिव बिक्रम घिमिरेले बिपीलाई अनुशरण गरेर अगाडि बढ्नुपर्ने बताए । कांग्रेस बिपीको समाजवादी विचार र प्रगतिशीलताको बाटोबाट बिमुख हुनु नहुने उनको धारणा छ ।
कार्यबाहक सभापति बालकृष्ण बिष्टको सभापतित्वमा सम्पन्न कार्यक्रममा कांग्रेस प्रदेश सदस्य केशव भट्टराई, एमाले केन्द्रीय सदस्य लक्ष्मी गौतम, वडा नम्बर ६ का वडाध्यक्ष दिवस पोखरेल लगायतको सहभागिता थियो ।
Discussion about this post