काठमाडौं । बंगलादेशलाई पराजित गर्दै भारत यू-१६ साफको च्याम्पियन बनेको छ। भुटानको चाङ्लिङथान रंगशाला आइतबार भएको फाइनलमा बंगलादेशलाई २-० गोलले हराउँदै भारतले उपाधि रक्षा गरेको हो । भारतको तर्फबाट भरत लैरेंजम र लेभिस जाङ्–मिनलुनले गोल गरे ।
खेलको आठौँ मिनेटमै भरतले गोल गरेपछि पहिलो हाफमा भारत १-० ले अघि रह्यो। खेलको ७४ औँ मिनेटमा लेभिसले गोल गर्दै टोलीलाई २-० को को सहज जित दिलाए ।
भारतले सेमिफाइनलमा माल्दिभ्सलाई ८-० ले पराजित गर्दै अर्को चरणमा पुगेको थियो। त्यसैगरी भारतले समूह चरणको खेलमा बंगलादेश र नेपाललाई हराएको थियो। बंगलादेशले भने सेमिफाइनलमा पाकिस्तानलाई २-१ ले हराउँदै फाइनल प्रवेश गरेको थियो ।
प्रतियोगितामा सहभागी नेपाल भने भारत र बंगलादेशसँग समान १–० गोलले पराजित हुँदै समूह चरणबाटै बाहिरिएको थियो।
Discussion about this post