झापा । सवारी दुर्घटनामा परी सुरुङ्गास्थित प्यारागन एकेडेमीका प्रिन्सिपल डिआर सुवेदीको निधन भएको छ ।
आज साँझ कनकाई नगरपालिका ८ सितल चोकस्थित पूर्व – पश्चिम राजमार्गमा पश्चिमबाट पूर्व तर्फ आँउदै गरेको ग १ च ३२४८ नम्बरको बोलेरो गाडी र विपरीत दिशा तर्फ जाँदै गरेको प्र.१–०१–०१३ प १४१७ नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खाई दुर्घटना हुदाँ सुवेदीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
मोटरसाइकल चालक कनकाई ४ बस्ने वर्ष ५४ को देवराज सुवेदी गम्भीर घाईते भई उपचारका लागि बिर्तामोडस्थित बीएण्डसी अस्पताल पठाइएकोमा अस्पताल पु¥याए लगत्तै उनको मृत्यु भएको प्रहरीले जनाएको छ । बोलेरो चालक जिल्ला पाँचथर हिलिहाङ गाउँपालिका ७ निवासी ३७ वर्षीय हेमप्रसाद सेन्चुरीलाँई इलाका प्रहरी कार्यालय अनारमनीको नियन्त्रणमा राखिएको जनाइएको छ ।
Discussion about this post