धरान । धरानका उपमेयरका भाइ विष्णु बेघाको समुहको आक्रमणबाट एक युवा गम्भिर घाइते भएका छन् ।
धरान–१५ स्थित खोरिया बस्तीमा धरान उपमहानगरपालिकाका उपमेयर अइन्द्रविक्रम वेघाका कान्छा भाइ विष्णु बेघाको समुहबाट आक्रमण हुँदा धरान–१५ का सन्देश राई गम्भिर घाइते भएका छन् ।
डिएसपी नवराज मल्लका अनुसार बेघाको समुहबाट आक्रमणमा परेका धरान–१५ का सन्देश राई घाइते भएका छन् । त्यस्तै विष्णु वेघा सामान्य घाइते भएका छन् । घाइते सन्देश माथी धारिलो हतियार प्रहार भएको डिएसपी मल्लले बताएका छन् । प्रहरीले घटनामा संलग्न धरान–१५ का अमृत तामाङलाई नियन्त्रणमा समेत लिएको छ ।
घटना पुरानो रिसइबिका कारण भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ भने थप अनुसन्धान भइरहेको डिएसपी मल्लले जानकारी दिए । घटना विवरण अनुसार बिष्णु बेघाले सन्देश राईलाई आक्रमण गरेर घरमा आएर लुकेको अवस्थामा आक्रमणमा पर्ने समूह आएर बेघालाइ आक्रमण गर्न खोज्दा उपमेयरले प्रहरीलाई जानकारी गराएका थिए । कार्यलयबाट घटनाका बारेमा प्रहरीलाई खबर गरेपनी नआएपछी घर पुगेर उपमेयर बेघाले लाइभ मार्फत अझै प्रहरी आइनपुगेको भन्दै डिसपी मल्ललाइ आक्रोश पोखेका थिए ।
Discussion about this post