विराटनगर । विराटनगरबाट प्रहरीले मंगलबार राति ४० किलोग्राम गाँजा बरामद गरेको छ ।
भारततर्फ लैजाँदै गरेको लागूऔषध गाँजा विराटनगर महानगरपालिका–१४ स्थित आईसीपी सडकखण्डबाट राति १०ः१० बजेतिर बरामद भएको हो ।
गाँजा इलाका प्रहरी कार्यालय रानीको टोलीले को १७ प ८६३ नम्बरको मोटरसाइकलमा फेला पारेको हो । प्रहरीलाई देख्नासाथ मोटरसाइकल छाडेर चालक फरार बनेका थिए ।
मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालका अनुसार मोटरसाइकलमा राखेको झोलाबाट गाँजा बरामद भएको हो । मोटरसाइकल र गाँजा नियन्त्रणमा लिएर फरार रहेका चालकको खोजी तीव्र पारिएको उनले बताए ।
Discussion about this post