प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अर्थतन्त्रलाई प्राथमिकतामा राखेर काम गर्ने बताएका छन् । अर्थतन्त्रको पुनरुत्थान हुने गरि काम गर्ने र सरकारको पहिलो प्राथमिकता पनि त्यही हुने बताएका हुन् ।
नेपाल उद्योग वाणिज्य महासंघको पदाधिकारीहरु सँग भएको भेटमा प्रचण्डले अर्थतन्त्रलाई सुधार गरेर छाड्ने विश्वास व्यक्त गरे ।
महासंघको पदाधिकारीहरु आज बिहान प्रचण्डको निजी निवास खुमलटार गएर भेटवार्ता गरेका थिए । सो अवसरमा अध्यक्ष प्रचण्डले अर्थतन्त्रको पुनरूत्थान आफ्नो पहिलो प्राथमिकता रहेको र मन्त्रिपरिषदको पहिलो बैठकबाट यस सम्बन्धमा निर्णय समेत भैसकेको जानकारी गराएका थिए ।
अर्थतन्त्रको संवेदनशील अवस्थाका सम्बन्धमा निजी क्षेत्रको चासो र चिन्तालाई आफूले सम्मान गर्ने पनि उनले बताए ।
Discussion about this post