काठमाडाै । ६१ किलो सुन तस्करी प्रकरणमा संलग्नविरुद्ध काठमाडाै जिल्ला सरकारी वकिलको कार्यालयले आज मुद्दा दर्ता गर्दैछ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बुझाएको अनुसन्धान प्रतिवेदनको आधारमा जिल्ला अदालत काठमाण्डाैमा मुद्दा दर्ता गर्न लागेको हो।
सीआईबीले ६१ किलो सुन तस्करी प्रकरणमा ५० जनाविरुद्ध मुद्दा चलाउन राय दिएको छ। कारबाहीका लागि सिफारिस गरिएकामध्ये १८ जना फरार छन् ।
तस्करहरुविरुद्ध सङ्गठित अपराध, सुन चोरी पैठारी, राष्ट्र बैंक ऐन, नेपाल नागरिकता ऐन, राहदानी ऐन, अध्यागमन ऐन अनुसार कारबाही चलाउनुपर्ने सीआईबीको सुझाव छ । अहिलेसम्म पक्राउ परेकामध्ये ९ जना विदेशी नागरिक छन् ।
सीआईबीले पछिल्लो ११ महिनामा ३ अर्ब ५० करोड रुपैयाँ बराबरको ३ सय ६३ किलो सुन तस्करी गरी नेपाल ल्याइएको प्रतिवेदनमा उल्लेख गरेको छ ।
Discussion about this post