विराटनगर । स्नातक तहको परीक्षामा विद्यार्थीको उत्तरपुस्तिका साटफेर गरेको भन्दै आक्रोसित विद्यार्थीको एक समूहले त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण प्रदेश कार्यालय, विराटनगरको गाडीमा आगजनी गरेको छ ।
विराटनगरस्थित महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसका विद्यार्थीहरूले पार्किङ गरी राखिएको बा १७ च ८२३८ नम्बरको गाडीमा आगजनी गरेका हुन् ।
मानविकी संकायतर्फ स्नातक तहको पहिलो वर्षको अंग्रेजी परीक्षामा छात्रालाई पास गराउने गरी परीक्षागार्डले नै उत्तरपुस्तिका साटफेर गरेको आरोप विद्यार्थीले लगाएका छन् ।
राजन दत्तले आफ्नी छोरीको उत्तरपुस्तिकासँग अर्की विद्यार्थी सन्ध्या कायस्थले लेखेको कपी साटफेर गरेको आरोप लागेको हो ।
परीक्षाको नतिजा आउँदा कायस्थ अनुत्तीर्ण भइन् भने दत्तकी छोरी उत्तीण भएकी छन् ।
२०७८ मंसिरमा भएको सम्पन्न परीक्षामा ६०००३००८२ सिम्बोल नम्बर भएकी सन्ध्याले चार पेज उत्तर पुस्तिका थप गरेकी थिइन् ।
Discussion about this post