काठमाडौं । सरकार र आन्दोलनरत शिक्षकका प्रतिनिधिहरुबीच आज वार्ता भइरहेको छ ।
विद्यालय शिक्षासँग सम्बन्धित विधेयकको विरोधमा शिक्षकहरुले बुधबार काठमाडौंमा प्रदर्शन गरेका थिए ।
विद्यालय शिक्षा विधेयकका कतिपय व्यवस्थाप्रति विरोध जनाउँदै शिक्षकहरुले विद्यालय बन्द गरी काठमाडौं केन्द्रित आन्दोलन थालेका हुन् ।
गृह मन्त्रालयमा बिहान ८ बजेदेखि वार्ता भइरहेको छ ।
वार्तामा उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ, शिक्षामन्त्री अशोक कुमार राई, शिक्षा मन्त्रालयका सचिव सुरेश अधिकारी, शिक्षक महासंघकी अध्यक्ष कमला तुलाधर तथा नेपाल शिक्षक संघ, नेपाल राष्ट्रिय शिक्षक संगठन र अखिल नेपाल शिक्षक संगठनका प्रतिनिधिहरु सहभागी छन् ।
वार्तामा शिक्षकहरुका मागबारे छलफल भइरहेको छ ।
Discussion about this post