काठमाडौं । शिक्षकहरूको आन्दोलनका कारण देशभरका सामुदायिक विद्यालयमा पठनपाठन ठप्प एको छ ।
विद्यालय शिक्षा विधेयकको विरोधमा शिक्षकहरू आन्दोलनमा छन् । उनीहरुले बुधबारदेखि काठमाडौं केन्द्रीत आन्दोलन गरिरहेका छन् ।
देशभरका २७ हजारभन्दा धेरै सामुदायिक विद्यालयका शिक्षक आन्दोलित बनेपछि ५४ लाख विद्यार्थीको पठनपाठन प्रभावित भएको छ ।
बुधबार काठमाडौको माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म शिक्षकहरुले प्रदर्शन गरेका थिए ।
नेपाल शिक्षक महासङ्घले माग पूरा नभएसम्म विद्यालय बन्द गर्ने जनाएको छ ।
शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयका अनुसार देशभर २७ हजार तीन सय ४३ वटा सामुदायिक विद्यालयमा स्थायी, अस्थायी र राहत गरी एक लाख ५७ हजार तीन सय ५४ जना शिक्षक कार्यरत छन् ।
Discussion about this post