काठमाडौं । आज विश्व शान्ति दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।
हरेक वर्ष सेप्टेम्बर २१ तारिखका दिन विश्व शान्ति दिवस मनाउने गरिन्छ । यो दिवस सन् १९८२ सेप्टेम्बर २१ देखि मनाउन शुरु गरिएको हो ।
संयुक्त राष्ट्रसङ्घ महासभाले सन् १९८१ मा विश्वका सबै देश र नागरिकमा शान्तिको कामनासहित अन्तर्राष्ट्रिय शान्ति दिवस मनाउने प्रस्ताव पारित गरेको थियो ।
नेपालमा २०६५ सालदेखि दिवस मनाउन थालिएको हो ।
सरकारी निकायसँगै नेपालको शान्ति प्रक्रियामा सहयोग पुर्याउँदै आएका अधिकारवादी सङ्घसंस्थाले दिवसका अवसरमा कार्यक्रम गर्दै आएका छन् ।
Discussion about this post