काठमाडौं । सरकार र आन्दोलनरत शिक्षकका प्रतिनिधिबीच आज बिहान भएको अनौपचारिक छलफल सकारात्मक भएको जनाइएको छ ।
उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ र शिक्षामन्त्री अशोककुमार राईसहित शिक्षकका प्रतिनिधिहरुसँग भएको छलफल सकारात्मक भएको सहभागीले बताएका हुन् ।
छलफलमा शिक्षकहरुको आन्दोलनलाई मर्यादित बनाउने र छिट्टै औपचारिक वार्तामा बस्ने सहमति भएको छ ।
छलफलमा उपप्रधानमन्त्री एवम् गृहमन्त्री श्रेष्ठले संवादका माध्यमले समस्याको समाधान निकाल्नुपर्ने बताएको मन्त्री श्रेष्ठका स्वकीय सचिव विजय गौतमले जानकारी दिए ।
मन्त्री श्रेष्ठले आन्दोलनलाई शान्तिपूर्ण र व्यवस्थित बनाउन आग्रहसमेत गरेका थिए ।
‘छलफलमा उपप्रधान एवम् गृहमन्त्री श्रेष्ठ, शिक्षामन्त्री राई, शिक्षा मन्त्रालयका सचिव सुरेश अधिकारी, शिक्षक महासंघकी अध्यक्ष कमला तुलाधर तथा नेपाल शिक्षक संघ, नेपाल राष्ट्रिय शिक्षक संगठन र अखिल नेपाल शिक्षक संगठनका प्रतिनिधिहरु सहभागी थिए ।
विद्यालय शिक्षा सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकका केही व्यवस्था संशोधनको माग गर्दै देशभरका शिक्षकहरुले काठमाडौं केन्द्रित आन्दोलन गरेका छन् ।
Discussion about this post