विराटनगर । नवजात शिशु बिक्री गरेको घटनाका सम्बन्धमा अनुसन्धान गर्न प्रहरीले विराटनगरस्थित ग्रिनक्रस हस्पिटलका सञ्चालक कृष्ण खवासलाई प्रहरीले पक्राउ गरेको छ ।
हस्पिटलबाट संस्थागत त्रुटि भएको अनुसन्धानबाट खुलेपछि खवासलाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रञ्जनकुमार दाहालले जानकारी दिए ।
‘नवजात शिशु बिक्री प्रकरणमा पक्राउ पर्नेको संख्या डा. तपेश्वरलाल कर्णसहित ७ पुगेको छ ।
कर्णले भोजपुरको हतुवागढी गाउँपालिकाकी २६ वर्षीया अविवाहित महिलाबाट जन्मिएको एक दिनको शिशु पाँच लाख रुपैयाँमा बेचेको खुलेको छ ।
उनले असार १४ मा ५ लाख रुपैयाँ लिएर मोरङको कटहरी गाउँपालिका २ की मनमाया राजवंशीलाई शिशु बेचेको प्रहरीको अनुसन्धानबाट देखिएको हो ।
पक्राउ परेका ६८ वर्षीय डा. कर्णसहित ७ जनालाई प्रहरीले तीनवटा मुद्दा चलाउने तयारी अगाडि बढाएको छ ।
प्रहरीले संगठित अपराध, मानव बेचबिखन तथा ओसारपसार र व्यक्ति बेपत्ता पारेको कसुरमा मुद्दा चलाउने गरी अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ ।
Discussion about this post