काठमाडौँ । विद्यालय शिक्षा विधेयकको विरोधमा आज बिहीबार दोस्रो दिन पनि शिक्षकहरूले काठमाडौंमा प्रदर्शन गरेका छन् ।
देशभरबाट आन्दोलनका लागि भेला भएका शिक्षकहरू माइतीघर तथा बानेश्वर क्षेत्रमा आन्दोलनमा उत्रिएका हुन् ।
नेपाल शिक्षक महासङ्घको अगुवाइमा आन्दोलन भएको आन्दोलनका कारण ट्राफिक अस्तव्यस्त बनेको छ ।
बुधवार सुरु भएको काठमाडौँ केन्द्रित आन्दोलन माग पूरा नहुन्जेलसम्म चल्ने बताइएको छ । शिक्षकहरू आन्दोलनमा उत्रिएसँगै सामुदायिक विद्यालयको पठनपाठन अस्तव्यस्त बनेको छ ।
संसदमा दर्ता भएको शिक्षा विधेयकमा महासङ्घले विभिन्न १८ बुँदे असहमति प्रकट गरेको छ ।
सरुवा बढुवा, दरबन्दी, स्थानीय पालिकाअन्तर्गत नबस्नेसहितका माग उनीहरुको छ । ती माग पूरा नभएसम्म आन्दोलन नरोकिने महासङ्घले चेतावनी दिएको छ ।
Discussion about this post