काठमाडौँ। पूर्वसभामुख दमननाथ ढुंगानाले २०५२ सालदेखि २०८० सालसम्मको राष्ट्रको समय खेर गएको बताएका छन्।
काठमाडौँमा शुक्रबार आयोजित कार्यक्रममा बोल्दै पूर्वसभामुख ढुंगानाले राजतन्त्र फालेर अहिलेसम्म राम्रो गर्यौँ भन्ने ठाउँ नरहेको टिप्पणी गरे। उनले राजतन्त्र माओवादीले नभइ बिपीको विचारबाट फालिएको बताए।
उनले भने, ‘मेरो अनुभवले यो भन्छ कि २०५२ सालदेखि यो २०८० सम्मको हाम्रो राष्ट्रिय समय जम्मै खेर गएको छ। राजा फाल्ने कुरा कुन ठूलो कुरा थियो? त्यो संविधानले सक्दैन थियो। राजासँग हामी लडेका थिएनौँ? बिपी कोइरालाको विचार हेर्नुस् ! उहाँले राजालाई संविधान सभाभित्र बस्छौ कि बस्दैनौ? भनेर समय समयमा अल्टिमेटम दिनुभएको थियो। बस्दैनौ भने राजतन्त्र जान्छ भन्नुभएको थियो।’
उनले थपे, ‘यो माओवादीले फालेको हो र? बिपीको विचारले फालेको हो। बिपी फालिहाल्नेमा हुनुहुन्न थियो। संवैधानिक राजतन्त्र भएर अक्षरशः ब्रिटिश ढाँचामा राजारानीको ढाँचामा हाम्रो राजतन्त्र बस्छ भने हामी राख्छौँ, होइन भने फाल्छौँ भन्नुभएको थियो। त्यसकारण यो माओवादीले फालेको होइन। फालेर राम्रो गर्यो त? त्यो पो चाहियो छ।’
Discussion about this post