काठमाडौं । नेपाली कांग्रेसका अनुशासन समितिका संयोजक आनन्द ढुङ्गानाले ११ जना केन्द्रीय सदस्यविरुद्ध अनुशासन उल्लंघनको उजुरी आएको बताएका छन् ।
आइतबार केन्द्रीय समितिको बैठकमा उनले ११ जना केन्द्रीय सदस्यविरुद्ध अनुशासन समितिमा उजुरी आएको जानकारी गराएका हुन् ।
समितिले अनुशासन उल्लंघनको उजुरी गर्दा अडियो, भिडियो र लिखित प्रमाण खोज्ने गरेको बताए ।
अनुशासन समितिले हाल महासमिति सदस्य चयन हुन नसकेका २५ जिल्लाका उजुरीलाई प्राथमिकतामा राखेर छानबिन गरिरहेको पनि संयोजक ढुंगानाले बताए ।
उजुरीकर्ता र आरोपीलाई बोलाएर मिलाउने तथा स्पष्टीकरण लिने कार्य भइरहेको उनले बताए ।
Discussion about this post