काठमाडौं । सर्लाहीको मलंगवामा चार दिनदेखि लाग्दै आएको कर्फ्यू दिउँसोको समयमा हटाइएको छ । दिउँसोको कर्फ्यू हटे पनि निषेधाज्ञा जारी राख्ने निर्णय बैठकले गरेको छ ।
जिल्ला प्रशासन कार्यालय सर्लाहीमा सोमबार बिहान बसेको जिल्ला सुरक्षा समितिको बैठकले दिउँसोको कर्फ्यू हटाउने र राति ८ बजेदेखि ४ बजेसम्म मात्र कर्फ्यू कायम राख्ने निर्णय गरेको छ ।
सर्वसाधारणको सुरक्षामा पर्न सक्ने सम्भावित जोखिमको मध्यनजर गर्दै साबिक मलंगवा नगरक्षेत्र भित्र कुनै प्रकारको भेला हुन जुलुस गर्न, बैठक वा प्रदर्शन वा पोष्टर, पर्चा जस्ता प्रचार सामग्री टाँस्न वा लेख्न निषेध गरिएको छ ।
Discussion about this post