झापा । पाँच दिनदेखि बेपत्ता व्यवसायी मृत फेला परेका छन् । बिर्तामोडका व्यवसायी गोविन्द अधिकारी बेपत्ता भएको ५ दिनपछि मृत फेला परेका हुन् । उनी भद्रपुर–४स्थित चिया बगानमा झुण्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी
नायव उपरीक्षक खगेन्द्र रिजालले बताए । बिर्तामोड–४का अधिकारी भद्रपुर रोडमा तरकारी व्यवसाय गर्दै आएका थिए ।
प्रहरीका अनुसार भदौ ३१ गतेदेखि बेपत्ता भएका उनलाई असोज ५ गते प्रहरीले फेला पारेको प्रहरी प्रवक्ता रिजालले जानकारी दिए । ६० वर्षीय अधिकारीको शव प्रहरीले मेची प्रादेशिक अस्पतालमा पोस्टमार्टमका लागि ल्याएको थियो । सो समयसम्म पहिचान नभएपछि प्रहरीले परिवारको खोजी गर्दा शवको पहिचान भएको झापा प्रहरीले जानकारी दिएको छ ।
Discussion about this post