झापा । नेपाली राष्ट्रिय पुरुष फुटबल टिमका सहायक प्रशिक्षक तथा पूर्वराष्ट्रिय खेलाडी प्रवेश कटुवाललाई मातृशोक परेको छ ।
सैनिक युथ क्लबका उपाध्यक्ष समेत रहेका कटुवालकी आमा इन्द्रमाया कटुवालको उपचारको क्रममा बिर्तामोडस्थित मनमोहन अस्पतालमा निधन भएको हो ।
उनी मृगौला सम्बन्धी रोगबाट पीडित थिइन् । २०१५ सालमा जन्मिएकी इन्द्रमायाका प्रवेश र गणेश गरी दुई छोरा, एक छोरी र श्रीमान् छन् । एक छोरीको पहिल्यै निधन भइसकेको जनाइएको छ । कटुवाल परिवार स्थायी बसोबास बिर्तामोड–१० सैनिक बजारमा रहेको छन् ।
Discussion about this post