काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल मुस्लिम संघको केन्द्रीय अध्यक्ष पदमा अताबुल मन्सुरी निर्वाचित भएका छन् ।
राष्ट्रिय सभागृहमा सम्पन्न तेस्रो महाधिवेशनबाट मन्सुरीको नेतृत्वमा ८७ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित भएको हो ।
अध्यक्षमा मन्सुरीसहित मोहम्मद निजामुद्दिनले मनोनयन दर्ता गराएका थिए । निजामुद्दिनले मन्सुरीलाई समर्थन गरेपछि उनी सर्वसम्मत अध्यक्षमा चयन भएका हुन् ।
महाधिवेशनले नौ उपाध्यक्ष, तीन महिला उपाध्यक्ष, दुई महासचिव, ११ सचिव, एक कोषाध्यक्ष, सहकोषाध्यक्ष एकसहित ५१ सदस्य हुने गरी निर्विरोध निर्वाचित गरेको नेता निजामुद्दिनले जानकारी दिए ।
२०६५ मा स्थापना भएको संघको हाल देशभर ४३ जिल्लामा शाखा छन् ।
Discussion about this post