काठमाडौं । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले शिक्षासम्बन्धी ऐन शिक्षक र कर्मचारीको मात्र नभई अभिभावक पनि भएको बताएका छन् ।
बुधबार बसेको नेपाली कांग्रेस संसदीय दलको बैठकमा उनले सरकारले यो ऐन सम्बन्धित निकायसँग कुरा नगरी हतारमा पेश गरेको बताए ।
‘यो विकृतिको सबैभन्दा चरमसीमा जस्तो देखिन्छ । व्यवस्थापनको अकमण्र्यटा पनि देखिन्छ । मुलुकको प्रमुख तत्व के हो भन्ने कुारा नबुझेको जस्तो लाग्छ’ भण्डारीले भने, ‘नेपालको कानुन कति निरीह छ भनेर यहीँबाट प्रस्ट हुन्छ । नेपालको कानुनदेखि कोही डराउँदैनन् ।’
उनले अहिले डाक्टरहरु आन्दोलनमा भएको र मानिसको जीवनसँग जोडिएका डाक्टरहरुमाथि हातपात गर्नु भनेको दुखद कुरा भएको बताए ।
यो विकृति बेथिति अन्त्य गर्नका लागि कानुन बलियो हुनुपर्ने उनको भनाई छ । कानुनले गलत प्रवृत्ति, संस्कार र लोभ लालचमा लागेर आत्मसमर्पण गर्न नहुने भण्डारीले बताए ।
Discussion about this post