काठमाडौं १३ असोज/ सरकार र आन्दोलनमा रहेका चिकित्सकहरुबीच सहमति भएको छ। सुरक्षित कार्यस्थलको माग राख्दै आन्दोलनरत ुस्वास्थ्यकर्मीका लागि सुरक्षित कार्यस्थल संघर्ष समितिुसँग उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको उपस्थितिमा शनिबार राती गृह मन्त्रालयमा सम्पन्न वार्ताबाट ६ बुँदे सहमति भएको हो।
पछिल्लो समय मणिपाल पोखरा, माडी चितवन, हेटौडा, कन्चनपुर, बेलौरी, लमजुङ,पाटन लगायतका अस्पतालहरूमा घटेका घटनाका दोषीलाई तत्काल पक्राउ गरी कारवाही गर्नुपर्ने र चिकित्सक सुरक्षाको निश्चितता गर्नुपर्ने लगायतका माग संघर्ष समितिले राखेको थियो।
सहमतिपत्रमा स्वास्थ तथा जनसंख्या मन्त्रालयका निमित्त सचिब डा दिपेन्द्ररमण श्रेष्ठ र ूस्वास्थकर्मीका लागि सुरक्षित कार्यस्थल संघर्ष समितिूका संयोजक डा शेसराज घिमिरेले हस्ताक्षर गरेका छन।
Discussion about this post