नेपालका दीपक अधिकारीले चीनको हान्जाउमा जारी १९औं एसियाड अन्तर्गत एथ्लेटिक्सको पुरुष १० हजार मिटर दौडमा राष्ट्रिय कीर्तिमान बनाएका छन् ।
हान्झाउ ओलम्पिक स्पोर्ट्स सेन्टरमा शनिबार साँझ भएको स्पर्धामा दीपकले निर्धारित दूरी २९ मिनेट ३५.०६ सेकेण्ड मा पूरा गर्दै राष्ट्रिय कीर्तिमान बनाए ।
उनले सन् २०१४ मा दक्षिण कोरियाको इन्चोनमा भएकोमा भएको १७औं एसियाडमा गोपीचन्द्र पार्कीले बनाएको कीर्तिमान तोडेका हुन् । गोपीले ३० मिनेट ३०.९९ सेकेण्डको कीर्तिमान बनाएका थिए । दीपकले ९ वर्षपछि उक्त कीर्तिमान तोडेका हुन् ।
यसअघि दीपकले गत वर्ष पोखरामा भएको नवौँ राष्ट्रिय खेलकुदमा १० हजार मिटरमा ३० मिनेट १०.३ सेकेण्डको ह्याण्ड कीर्तिमान बनाएका थिए । तर इलेक्ट्रिक टाइमिङ नभएकाले उक्त कीर्तिमानलाई आधिकारिक मान्यता दिइएको थिएन ।
Discussion about this post