पर्वत / शनिवार साँझ भएको भीषण वर्षासँगै आएको बाढीले जिप बगाउँदा एक जनाको मृत्यु भएको छ भने दुई जना बेपत्ता भएका छन् ।
भीषण वर्षापछि मध्यपहाडी लोकमार्ग अन्तर्गत कुश्मा नगरपालिका ७ र ८ को सिमानाका रूपमा रहेको तमादी खोलामा आएको ठुलो बाढीमा पर्दा बागलुङबाट पोखराका लागि छुटेको ग १ ज ६२१३ नम्बरको जिप नै बगाएको थियो । जिपमा सवार रुपन्देहीको तिलोत्तमा नगरपालिकाका गोपाल बस्यालको शव फेला परेको छ भने अन्य दुई जनाको अवस्था अज्ञात छ । मृत भेटिएका गोपालको शव पर्वत अस्पतालमा राखिएको छ भने उनका आफन्तहरू रुपन्देहीबाट पर्वत आउँदै छन् ।
बेपत्ता दुई जनाको अझैसम्म पनि पहिचान नखुलेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव उपरीक्षक खुमलाल भुसालले बताए
Discussion about this post