जन्म थलो तनहुँ भइ संसारभर छरिएर रहेकाहरु संगठित भएका छन्।
जुम प्रविधिमा भएको भेलाले तनहुँ समाज अन्तर्राष्ट्रिय समन्वय समिति गठन गरेको छ।
भेलाले राजन त्रिपाठीको सभापतित्वमा समिति गठन गरेको हो।
समितिमा आठ महादेशबाट आठैजना उपाध्यक्ष बनाइएको छ।
समितिमा तीनजना सचिव, एकजना कोषाध्यक्ष, दुईजना सहकोषाध्यक्ष छन्।
यसैगरी विभिन्न मुलुकबाट प्रतिनिधित्व गर्ने गरी ३० जना सदस्य तथा १४ जना सल्लाहकार बनाइएको छ।
तनहुँको विकासमा सामूहिक योगदान गर्ने उद्देश्यले समिति गठन गरिएको जनाइएको छ।
हाल गठित तदर्थ समितिलाई ६ महिनाभित्र पूर्णता दिइने बताइएको छ।
भेलाले गरेको घोषणामा तनहुँ समाज अन्तर्राष्ट्रिय समन्वय समितिले औपचारिक मान्यता दिएका सम्पूर्ण देशमा कार्यरत तनहुँ समाजका सम्बन्धित मुलुकका सभापतिहरू तनहुँ समाज अन्तर्राष्ट्रिय समन्वय समितिको पदेन सदस्य रहने समेत उल्लेख छ।
संसारभर छरिएर रहेका तनहुँ निवासीहरू बिच आपसी समन्वय गर्दै तनहुँमा ज्ञान, सीप, प्रविधि हस्तान्तरण, नयाँ बजार माग अनुरूपको शिक्षा, प्राविधिक सीप विकास र स्वस्थ जस्ता विषयमा विशेष जोड दिँदै तनहुँको समग्र विकासमा तनहुँ समाज अन्तर्राष्ट्रिय समन्वय समितिले भूमिका खेल्ने गरी यसलाई औपचारिक संस्थाको रूपमा विकास गर्ने र सोही बमोजिम अघि बढ्ने सामूहिक अवधारणा अनुरूप तनहुँ समाजको औपचारिक घोषणा सम्पन्न भएको थियो।
कार्यक्रममा विदेशमा रहेर तनहुँ र नेपाललाई संसारभर चिनाउन अतुलनीय भूमिका खेल्ने डाक्टर केशव पौडेल, डाक्टर अलिनी पोख्रेल, वेद राज पराजुली, नेम थापा, विशाल गुरुङ आदिको सम्बोधन भएको उक्त भेलामा डाक्टर बच्चु कैलाश कैनी प्रमुख अतिथि थिए।
तनहुँ समाज अमेरिकाका सभापति किरण पन्तको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमले लामो समयदेखि तनहुँसँग जन्म वा कर्मले जोडिएका प्रवासी नेपालीहरूबीच हुनुपर्ने भनिएको अन्तर्राष्ट्रिय समन्वय समितिले औपचारिकता प्राप्त गरेको छ।
त्रिपाठीको सभापतित्वमा वरिष्ठ उपाध्यक्ष लेख गुरुङ, महासचिव रबिचन्द्र भट्टराई, उपाध्यक्षहरु दीपक खड्का, राजन अधिकारी, दिनेश जोशी, परशुराम अधिकारी, राजनजङ शाही, सुरेन्द्र प्रधान र अनन्तराज सुवेदी चुनिएका छन्।
यसैगरी सचिवहरुमा रमेश पोखरेल, सुरेन्द्र लौडारी, पदम गिरी छन्। कोषाध्यक्षमा कपिल वाग्ले छन् भने सहकोषाध्यक्षमा मीरा पौडेल चयन भएकी छन्।
यसैगरी, सदस्यहरुमा बिनु बस्तेन, शिव गौतम, दीपक महत, गोविन्द अधिकारी उद्धव केसी, राज गुरुङ, तेल गुरुङ, सुमनराज नहर्की, दीपक राना मगर, क्रिस सुनार, रेशम श्रेष्ठ, लबराज बिक, मिनराज वाग्ले, सन्तोष रेग्मी छन्।
यस्तै, अन्य सदस्यमा निता अधिकारी, लिला भट्टराई, नारायण श्रेष्ठ, रमेश काफ्ले, राम सापकोटा, कुलप्रसाद रेग्मी, विष्णुप्रसाद गिरी, सरिता बानिया बस्नेत, दुर्गा अधिकारी छन्।
समितिमा सदस्यका रुपमा प्रवीन केसी, प्रकाश राना, बुद्धि कुँवर, रामजीबी पन्त, सन्तोषकाजी थापा, गोबिन्द सुवेदी र अनिल गोदार पनि छन्।
समितिका सल्लाहकारहरुमा अलिनी सुवेदी पोखरेल, अम्बिर जोशी, बच्चुकैलाश कैची, डिल्ली पौडेल, करीम बक्स मिया, केशब पौडेल, कृष्णजीबी पन्त, मोहन गुरुङ, नारायण घिमिरे, नेम थापा मगर, प्रेमराजा महत, राजन मल्ल छन्।
यसैगरी, रोहित गुरुङ, सुक्र श्रेष्ठ, सुरेन्द्र खड्का, टंक पौडेल सल्लाहकारका रुपमा छन्।
Discussion about this post