विराटनगर /विराटनगर विमानस्थलमा कार्यरत नेपाली सेनाका दुई जना हवल्दार बुधबार राति दुर्घटनामा परेर गम्भीर घाइते भएका छन् ।
कोसी लोकमार्गअन्तर्गत विराटनगर महानगरपालिका–४ पिपल चोकस्थित सडक किनारमा रोकेर राखिएको बा १२ प १३०४ नम्बरको को ३५ प ५०६० नम्बरको मोटरसाइकल ठोक्किएर दुर्घटना भएको हो । राति १०ः१० बजेतिर दुर्घटना हुँदा मोटरसाइकलमा सवार नेपाली सेनाका हवल्दारहरु बर्दिया बासगढी नगरपालिका–१ घर भएका अन्दाजी ४० वर्षीय भरत विष्ट र दार्चुलाको सिप्टी गाउँपालिका–२ घर भएका अन्दाजी ३९ वर्षीय मानसिंह थकुवा घाइते भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले जानकारी दिए ।
विष्ट मोटरसाइकल चालक हुन् ।
प्रहरीका अनुसार विष्ट र थकुवा विमानस्थल सुरक्षा गार्ड विराटनगरमा कार्यरत नेपाली सेनाका हवल्दार हुन् । गम्भीर घाइते दुवै जनाको विराटनगरस्थित विराट नर्सिङ होममा उपचार भइरहेको जानकारी डीएसपी दाहालले दिए ।
दुर्घटनालगत्तै कार र चालक विराटनगर–७ का राघव राठीलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।
Discussion about this post