झापा /दमक नगरपालिका–६ बसपार्क लाईनस्थितमा टहरामा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका–७ बस्ने ३८ वर्षीय कुलबहादुर भुजेल समेत चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ९७ हजार रूपैयाँ र १ बुक ताससहित पक्राउ गरको हो ।
यता सुनसरी बराहक्षेत्र नगरपालका–२ सैनिक चोक बस्ने ४२ वर्षीय दीपेश भट्टराईको घरमा जुवातास खेलिरहेको अवस्थामा भट्टराई समेत ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय चतरा र महेन्द्रनगरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख १७ हजार ५ सय रूपैयाँ र ६ बुक ताससहित पक्राउ गरेको हो ।
Discussion about this post