झापा । शरीरको सबैभन्दा महत्वपूर्ण अंग हो, यो सुन्दर संसार हेर्ने आँखाको हामीले जगेर्ना गर्नु पर्छु भन्ने नाराका साथ बिर्तामोडमा आँखा शिविर सम्पन्न भएको छ ।
बिर्तामोड ६ बुट्टाबारीस्थित जलकन्या मन्दिरमा लायन्स क्लब अफ बिर्तामोड लेडीको आयोजनामा बिहीबार शिविर सम्पन्न भएको हो । बिर्तामोड वडा नम्बर ६ सँगको सहकार्यमा आयोजित शिविरमा मेची आँखा अस्पताल सैनिक मोडले प्राविधिक सहयोग गरेको थियो ।
शिविरमा २४० जनाको आँखा परीक्षण भएकोमा २८ जना मोतियाबिन्दुका बिरामी भेटिएको लायन्स क्लब अफ बिर्तामोड लेडीका अध्यक्ष निरू उप्रेती ओलीले जानकारी दिइन ।
शिविरमा छनौट भएका मोतियाबिन्दुको शल्यक्रिया मेची आँखा अस्पतालमा निस्शुल्क गरिने जनाइएको छ ।
कार्यक्रमको प्रमुख अतिथि वार्ड नम्बर ६ का वडा अध्यक्ष सूर्य कन्दङ्वा र बिशिष्ट अतिथि ३२५सी का क्याबिनेट सेक्रेटरी लिला चिमरिया रहेका थिए ।
Discussion about this post