विराटनगर/कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश खारेजीको आवाज उठ्न थालेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।
कार्की नेकपा (एमाले) प्रदेश संसदीय दलका नेतासमेत हुन् । दोस्रो प्रदेशसभाको चौथो अधिवेशनको दोस्रो बैठकलाई सम्बोधन गर्दै उनले प्रदेश खारेजीमतर्फ जाने भने हो २०७२ सालको संविधान पूर्ण रूपमा असफल हुने बताए ।
कुनैपनि दलप्रति एमालेले पूर्वाग्रह नराख्ने कार्कीले बताए । सबै दलसँग सहकार्य गरेर अघि बढ्न एमाले तयार रहेको उनको भनाइ छ ।
‘सबैसँग सहकार्य गर्न हामी तयार छौं । यसअघि पनि सबै दलसँग मिलेर सहमतिको सरकार बनाउन आह्वा गरिएको हो,’ उनले भने, ‘हामीले ढुंग पुर्याएनौं भने मध्यावधिको सामना गर्नुपर्छ । सबैसँग सहकार्यका लागि हामी तयार छौं ।’ एमाले प्रतिपक्षका लागि सधैं तयार रहेको कार्कीले बताए ।
एमाले मध्यावधिमा जान तयार रहेपनि अहिले मुलुकको आवश्यकता त्यो नभएको उनले बताए ।
विश्वासको मत लिनुअघि प्रदेश प्रमुखसमक्ष राजीनामा बुझाउने निर्णय गरेको कार्कीले बताए । कार्कीले राजीनामा बुझाउने प्रतिवद्धता गरेसँगै सभामुख सिर्जना दनुवारले अर्को सूचना जारी नभएसम्मका लागि प्रदेशसभा बैठक स्थगित गरेकी छन् ।
संविधानको धारा १६८ को उपधारा ३ बमोजिम प्रदेशसभाको सबैभन्दा ठूलो दलको हैसियतामा कार्की भदौ २२ गते मुख्यमन्त्री नियुक्त भएका थिए । उनले आज विश्वासको मत लिने कार्यसूची थियो । तर, विश्वासको मत पाउनसक्ने अवस्था नभएपछि उनले राजीनामा दिन लागेका हुन् ।
Discussion about this post