विराटनगर/काेसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पदबाट राजीनामा दिने तयारी गरेका छन् । विश्वासको मत लिनुअघि बसेकाे एमाले संसदीय दलकाे बैठकले राजीनामा दिने निर्णय गरेकाे हाे ।
गत भदौ २२ गते मुख्यमन्त्री बनेका उनले आज प्रदेशसभाबाट विश्वासकाे मत लिने तयारी गरेका थिए ।
तर, प्रदेशसभाबाट विश्वासकाे मत पाउने वातावरण नबनेपछि पदबाट राजीनामा दिने तयारी गरेका हुन् । एमाले काेसी प्रदेशका प्रमुख सचेतक रेवतीरमण भण्डारीका अनसार मुख्यमन्त्रीले केहीबेरमा राजीनामा दिने तयारी गरेका छन् ।
मुख्यमन्त्रीले विश्वासको मत लिने प्रयाेजनकाका लागि आह्वान गरिएकाे प्रदेशसभा बैठक पनि सुरु भएको छ। बैठक दिउँसाे १ बजेका लागि बाेलाइएकाे थियाे । तर, मुख्यमन्त्रीले विश्वासकाे मत लिने कि राजीनामा दिने भन्ने टुंगाे लाग्न समय लागेपछि बैठक निर्धारित समयभन्दा ढिलाे सुरु भएकाे हाे ।
Discussion about this post