विराटनगर/प्रदेश खारेजीकाे माग गर्दै काेसी प्रदेशकाे राजधानी विराटनगरमा शनिबार प्रदर्शन गरिएकाे छ ।
सचेत नागरिक अभियानका नाममा प्रदर्शन गरिएको हाे । त्यस क्रममा माेटरसाइकल र्यालीसमेत निकालिएकाे छ । कञ्चनबारीबाट सुरु भएकाे र्यालीले विराटनगरका विभिन्न भागकाे परिक्रमा गरेकाे थियाे ।
प्रदर्शनकारीले मुलुकलाई भार पर्ने हिसाबले ल्याइएकाे प्रदेश खारेजी हुनुपर्ने, महँगी र कालाेबजारी नियन्त्रण हुनुपर्ने, धार्मिक सहिष्णुता कायम गर्नुपर्ने, सबै नेताहरुकाे सम्पत्ति छानबिन हुनुपर्ने, राजनीतिक अपराध बन्द गर्नुपर्ने, भ्रष्टाचारीलाई कारबाही गर्नुपर्नेलगायतका नारा लगाएका छन् ।
प्रदेशमा बढ्दाे राजनीतिक अस्थिरतासँगै सडकबाटै प्रदेश खारेजीकाे आवाज उठ्न थालेकाे हाे । दलहरुले बेलैमा बुद्धि नपुर्याए संघीयता विराेधी आवाज मजवुत भएर मुलुककाे व्यवस्था नै धरापमा पर्नसक्ने चिन्ता सराेकारवालाले व्यक्त गरेका छन्।
Discussion about this post