तेह्रथुम : तेह्रथुमको आठराई गाँउपालिकाले अबिवाहित पुरुषलाई भत्ता दिने भएको छ । पालिकाले ६० बर्ष माथिका अबिवाहित पुरुषलाई भत्ता दिने भएको हो ।
एकल पुरुष भत्ता बितरण सम्बन्धि २०८० बमोजिम भत्ता दिने तयारी गरिएको पालिकाले जानकारी दिएको छ । सात दिनभित्र भत्ताका लागि निबेदन दिन पालिकाले आवहन समेत गरेको छ ।
६० बर्ष पुरा भएको अबिवाहित वा श्रीमतिको मृत्यु भएको पुरुषलाई भत्ता दिने तयारी गरिएको छ । यस अधि नै संघिय सरकारले एकल महिलालाई भत्ता दिँदै आएको छ ।
Discussion about this post