इटहरी । सुनसरीको इटहरी २ आपगाछिमा आजबाट १५ दिने इटहरी सांस्कृतिक पर्यटन महोत्सव हुदैछ ।
स्थानीय पर्यटन र संस्कृतिलाई एकसाथ जोड्ने उद्देश्य सहित सुरु गरिएको महोत्सवमा पहिलो आज गायिका अस्मिता अधिकारीले साझ प्रस्तुति गर्नेछिन ।
कार्तिक ४ गते सम्म चल्ने महोत्सवमा विभिन्न राष्ट्रिय तथा स्थानीय कलाकारहरूको प्रस्तुति रहने महोत्सवमा रोटेपिङ्ग, कोलम्बस, ट्राईगन, ब्रेक डान्स, बच्चाका विभिन्न खेलहरूको आकर्षणको रूपमा रहेको आयोजकले जनाएको छ ।
विकास निर्माणकर्ताहरूको सञ्जाल इटहरीले आयोजना गरेको महोत्सवमा प्रमोद खरेल, सबिन राई,राजेश पायल राई, शिव परियार, मेलिना राई, प्रिति आले, मिलन नेवार,ज्योति मगर,गङगा बिष्ट,रचना रिमाल, एलिना चौहान, कमल खत्री,जिवव,अनु चौधरी लगायत स्थानीय कलाकारहरूको प्रस्तुति रहने तय भएको आयोजक विकास निर्माणकर्ताहरूको सञ्जाल इटहरीका अध्यक्ष विशुधन राईले जानकारी दिए ।
Discussion about this post