झापा । कनकाई नगरपालिका–३ स्थित भगवती बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २३औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।
कार्यक्रममा संस्थाका अध्यक्ष खेमप्रसाद प्रसाईंले सञ्चालक समितिको आर्थिक वर्ष २०८०÷०८१ को वार्षिक कार्ययोजनासहितको सांगठनिक गतिविधि समेत समेटिएको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । हाल संस्थामा कुल शेयर पूँजी तीन करोड ८६ लाख ४४ हजार सात सय, कुल बचत १४ करोड १२ लाख २५ हजार पाँच सय ८७, कुल ऋण लगानी १७ करोड २३ लाख ५८ हजार चार सय ६०, कुल खर्च दुई करोड ३० लाख ९६ हजार नौ सय १३, कुल आम्दानी दुई करोड ८६ लाख पाँच हजार चार सय ६१, नाफा ५५ लाख आठ हजार पाँच सय ४७ र कुल सम्पत्ति २३ करोड ५७ लाख ३० हजार एक सय ७४ रुपैयाँ पुगेको अध्यक्ष प्रसाईंले बताए ।
कार्यक्रममा आन्तरिक लेखा तथा सुपरीवेक्षण समितिको प्रतिवेदन समितिका संयोजक लीलाप्रसाद उप्रेतीले प्रस्तुत गरेका थिए । २०५७ सालमा २५ जना शेयर सदस्यबाट शुरु भएको संस्थामा शेयर सदस्य संख्या आर्थिक वर्ष २०७९÷०८० असार मसान्तसम्ममा एक हजार छ सय ६१ पुगेको संस्थाका प्रबन्धक निर्देशक महेन्द्र सापकोटाले जानकारी दिए ।
कार्यक्रममा प्रमुख अतिथि कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले संकटको बेला पनि भगवती साकोसले सहकारीबाट दिइँदै आएको सेवासुविधालाई निरन्तरता दिन सक्नु नै सहकारीको ठूलो उपलब्धि भएको बताए । कार्यक्रममा झापा जिल्ला सहकारी संघकी उपाध्यक्ष चम्पा खनाल सुवेदी, सुरुङ्गा कनकाई सहकारीका अध्यक्ष प्रकाश चुडाल लगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा कनकाई नगरपालिकाका सहकारी शाखा प्रमुख हरिप्रसाद पौडेल, सहकारीकर्मीहरू छवि थपलिया, तेजबहादुर प्रधान, रमेशप्रसाद संग्रौला, भगवतीका संस्थापक अध्यक्ष तिलचन्द्र उप्रेती लगायतको आतिथ्य रहेको थियो । संस्थाका उपाध्यक्ष पुण्यप्रसाद सिटौलाले स्वागत गरेको कार्यक्रमको संस्थाका सचिव लीलाप्रसाद भेटवालले सञ्चालन गरेका थिए ।
Discussion about this post